२०८२ चैत्र १ गते आइतवार | 2026 March 15th Sunday

रिता र कोपिलाको स्वरमा ‘यसपाली त नाच्ने हो आफ्नै गीतमा’

हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा झापाली गायिका कोपिला शिवाकोटीले तिज गीत ‘यसपाली त नाच्ने हो आफ्नै गीतमा’ को भिडिओ बजारमा ल्याएकी छिन् । कोपिलाकै शब्दरचना रहेको यस गीतमा रिता के.सी. र कोपिलाको स्वर रहेको छ भने पवन रानाभाटले सङ्गीत, सङ्गीत संयोजन र मिक्सिङ्/माष्टरिङ् गरेका छन् ।

उमेश खड्गीको कोरियोग्राफी एवं निर्देशनमा छायाङ्कन भएको यस गीतको भिडिओमा झापाली मोडेल बिना राउतले प्रमुख मोडलको रुपमा आकर्षक नृत्य गरेकी छिन् । भिडिओमा अमित बीकेको सिनेमाटोग्राफी र राजेश बोहराको ईडिटिङ् रहेको छ । जसमा गायिकाद्वय कोपिला र रितालाई पनि नृत्य/अभिनयमा देख्न सकिन्छ ।

प्रकाशित मिति : २०८२ साउन २० गते सोमवार
प्रतिक्रिया दिनुहोस