२०८३ असोज १६ गते शुक्रवार | 2026 October 2nd Friday

लोकप्रिय गायक कृष क्षेत्रीको नयाँ गित “आली खेतैको”ले टिकटकमा चर्चा बटुल्दै

२२ मंसिर, काठमाडौं । पछिल्नो समयमा युबा पुस्ता माझ निकै रुचाईएका चर्चित गायक कृष क्षेत्रीले आफ्नै शब्द/संगीतमा “आली खेतैको” गितको म्युजिक भिडियो बजारमा ल्याएका छन् । गितमा उनलाई अहिलेको लोकप्रिय अनि चर्चित गायिका अन्नु चौधरीले स्वरमा साथ् दिएको छिन।

साली भेनाको कथाबस्तुमा टिपिकल शब्द संगीतमा तयार भएको उक्त गितको भिडियो कृष क्षेत्रीको आफ्नै युटुब च्यानलबाट बजारमा आएको हो, जसमा संगीत/संयोजन,एरेन्ज,मिक्सिंग कुमार सानु पुनको रहेको छ । यो गीतलाई संकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको थियो । भने गीतलाई सागर पुन एनबीले रेकर्ड गरेका हुन् ।

प्रकाश थापाको छायांकन गरेको भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका हुन् भने गितलाई तिलक ठकुरीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् जसमा कृष क्षेत्री र जुना बिस्वकर्मा लगायतको आकर्षक अभिनय हेर्न सकिन्छ ।

हेर्नुस पुरा भिडियो :

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस