२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लबलाई, त्रिभुवन आर्मी क्लब २–० गोल अन्तरले पराजित 

काठमान्डौं, १९ फागुन।  केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । आज दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जितेको हो । केपी ओली कपको पहिलो, दोस्रो संस्करण जितेको मछिन्द्रले तेस्रो संस्करणको उपाधि पनि आफ्नो पक्षमा पारेको छ । मछिन्द्रका लागि स्टेफेन जमाहाले एक गोल गर्दा एक गोल उपहार पायो ।

खेलको २९औं मिनेटमा मछिन्द्रका सनिस श्रेष्ठले प्रहार गरेको गोल रोक्न खोज्दा आर्मीका डिफेन्डर बिमल पाण्डेले आफ्नो गोल पोष्टमा प्रहार गरेका थिए । बिमलको आत्मघाती गोलबाट अग्रता लिएको मछिन्द्रका स्टेफेनले खेलको ७३औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र मछिन्द्रले तेस्रोपटक केपी ओली कपको उपाधि जित्यो । उपाधि जितेको मछिन्द्रले १५ लाख ११ हजार एक सय ११ प्राप्त गर्यो । फाइनलमा पराजित भएको आर्मीले ५ लाखमा चित्त बुझाउनुपर्यो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस