२०८३ बैशाख १ गते मङ्गलवार | 2026 April 14th Tuesday

शुक्रबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्यो

काठमाण्डौँ, २ जेठ । सुनको मूल्य शुक्रबार तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९ सय २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस