२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

विश्वकप चलिरहँदा एन्फा फिफाको निलम्बनमा

काठमाडौंः अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)मा तेस्रो पक्ष (सरकार)ले अनावश्यक हस्तक्षेप गरेको भन्दै फिफाले नेपाली फुटबललाई निलम्बन गरेको हो।

एन्फाका महासचिव किरण राईले फिफाले नेपाली फुटबललाई निलम्बन गरेको स्वीकार गरे। उनले आज बिहान फिफाबाट निलम्बनबारे जानकारी प्राप्त भएको बताएका हुन्।

sagarmatha cement
फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो।

यो निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ। निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने फिफाले उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस