२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

श्री ३ सरकारका मुख्तियार अर्थात पुर्ण बहादुर !

यतिबेला काठमाडाैंकाे थापा गाउँस्थित मण्डला थिएटरमा ‘मेषी दण्ड’ नाटक मञ्चन भइरहेकाे छ । नाटकमा १८ भन्दा बढी कलाकारहरूकाे अभिनय छ । त्यसमध्येका एक पात्र हुन् पुर्ण बहादुर गन्धर्व ।

सल्यानकाे शारदा नगरपालिका ३ संगीत टाेलका गन्धर्व ‘मेषी दण्ड’ नाटकमा श्री ३ सरकारकाे मुख्तियारकाे भुमिकामा छन् ।

झन्डै दुई शताब्दीअघि घटित इतिहासको एउटा घटनामा आधारित यस नाटकले हिमाली जिल्लाका आदिवासी खालिस राईहरूको भाषा र संस्कृति अनि उनीहरूको रैथाने जीवनमा तत्कालीन राणा शासकले कसरी दमन गरे? भन्ने कथा बोकेको छ।

यसअघि दर्जनाैं नाटक मञ्चन गरिसकेका पुर्ण बहादुर यतिबेला ‘मेषी दण्ड’ नाटक मञ्चनमा नियमित हाेमिएका छन् । आफुलाइ ‘मेषी दण्ड’ नाटक गर्न सुरुमा गाह्राे हुन्छ भन्ने साेचेका पुर्ण बहादुर अहिले सहजै ढंगले प्रस्तुती दिइरहेका छन् ।

उनि भन्छन्, ‘म पहिला अनेन्त्र पनि नाटक गर्थे तर यसमा निर्देशक अनिल सुब्बा दाइले मुख्तियारकाे कुरा गर्नुभयाे । सुरुसुरुमा गर्न सक्दिनँ कि जस्ताे लाग्थ्याे तर पछि भुमिका निभाए । अझै पुर्ण रूपमा साेचेजस्ताे गर्न सकिएकाे त छैन तर अब यसमा नियमित दिइयाे भने राम्राे हुन्छ ।’

‘मेषी दण्ड’ काे निर्देशन अनिल सुब्बाले गरेका छन् भने लेखन गीलु रातोसको छ । नाटकमा आदिवासीले भाषाको कारण तत्कालीन राज्यबाट भोग्नुपरेको विभेद उतारिएको छ । नाटकको निर्माता रिजन केसी हुन् ।

नाटकमा पूर्ण बहादुर गन्धर्व, प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बु, संजीप योगी, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रवीण मगरलगायत कलाकार अभिनयरत छन् ।

साउन ५ गतेदेखि प्रर्दशन भएकाे नाटक ‘मेषी दण्ड’ साउन २७ गतेसम्म मञ्चन हुनेछ । सोमबार बाहेक हरेक साँझ ५:४५ बजे र शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो मञ्चन हुन्छ ।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस